२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डपुत्री गंगा माथि सांसद सिंहले लगाएको आरोप छानबिन गर्न अखिलको माग



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सांसद डाक्टर अमरेशकुमार सिंहले प्रधानमन्त्री समेत रहनु भएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग गरेको छ । आज अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरीको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

‘प्रतिनिधिसभा सदस्यले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग कुनकुन मामिलामा कति रकम बुझेको र त्यो सबै अडियो तथा भिडियो प्रमाण आफुसँग सुरक्षित रहेको र समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्ति दिनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’

देशको प्रधानमन्त्रीप्रति लक्षित त्यस्तो अभिव्यक्तिले पारिवारिक सम्बन्धलाई प्रयोग गरेर स्वयम् प्रधानमन्त्री,मन्त्री र सचिवालयामा नियुक्ति लिएका सदस्यहरू जनताको सेवामा होइन कमाउ धन्दामा रहेको र भ्रष्टाचार, अनियमिततामा संलग्न रहेको प्रष्ट हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

‘यो समग्रमा राष्ट्रको शिर निहुराउने लज्जाको बिषय रहेको अनेरास्ववियुको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘बालुवाटार र सिंहदरबारमा बसेर यस्ता गतिविधीमा संलग्न जो कोहि भए पनि छानबिनको दायरामा ल्याई दोषि उपर कानून बमोजिम कडा भन्दा कडा कारवाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियु जोडदार माग गर्दछ । यस सम्बन्धमा शक्तिको आडमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि नबढाए र यस्ता गतिविधि उपर मुकदर्शक बनिरहे अनेरास्ववियु भ्रष्टाचार, अनियमितता र कमिशनतन्त्रको भण्डाफोर गर्दै सरकार बिरुद्ध कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरू गर्न वाध्य हुनेछ ।’

अनेरास्ववियुले देशको खस्किदो अर्थतन्त्र तथा आम जनताको राजनीति र सरकार प्रति दिनानुदिन बढ्दो वितृष्णाको विचमा सिंहदरबार र बालुवाटारमा बसेर यस्ता गतिविधिहरू नगर्न र नगराउन चेतावनी पनि दिएको छ ।