२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोका बालबालिकालाई भोलि खाउँला भन्न सकिँदैन उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, भोका बालबालिकालाई भोलि खाउँला भन्न नसकिने बताउनुभएको छ ।

नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गर्दै यस्तो बताउनुभएको हो । संघ सरकारबाट प्राप्त हुनु पर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि उहाँले यस्तो बताउनुभएको हो ।

चालु आर्थिक बर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुने गरी महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । उपप्रमुख डंगोलले यसमध्येको ३० लाख रुपैयाँ, संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गर्नुभएको हो । यस क्रममा उहाँले भन्नुभयो, ‘लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नु पर्ने अवस्था हुनुहुँदैन । बाल संगठन व्यवस्थापनको मुख्य दायित्व संघ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।’

उहाँले, बाल पुन:स्थापना र सुधार केन्द्र स्थापना गर्ने संगठनको प्रस्तावमा महानगरपालिका सकारात्मक रहेको बताउनुभयो ।

संगठनकी अध्यक्ष न्यौपानेले, संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गर्नुभयो । भएको चल सम्पत्ति पनि ठाउँ ठाउँमा अपचलन भएको छ । त्यसलाई रोकेर आफ्नो आम्दानी बाल संरक्षणका लागि उपयोग गर्ने वातावरण बनाउँदै लगेको उहाँको भनाइ थियो ।

नगरपालिकाले आफ्ना क्षेत्रका बालबालिका बाल संगठनको आश्रयमा पुग्नु पर्ने अवस्थाबाट रोक्न पालिका स्तरमा संरक्षण केन्द्र बनाउन, बाल्यकालदेखि संगठनको संरक्षणमा रहेर प्रौढ अवस्थामा पुगेका व्यक्तिलाई अन्य आश्रमहरुमा व्यवस्थापनमा सहयोग गर्न, दुव्र्यसनमा रहेका बालबालिकाहरुलाई सुधार गर्न पुन:स्थापना तथा सुधार केन्द्र निर्माण र सञ्चालन गर्न पालिकाबाट सहयोगको अपेक्षा गर्नुभयो ।

त्यस अवसरमा संगठनका उपाध्यक्ष प्रेम पराजुली, सदस्यहरु, महानगरपालिकाको सामाजिक विकास विभागका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

 




भर्खरै