७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय भएको जनाउनु भएको छ ।

अध्यक्ष ओलीले सामाजिक संञ्जालमा लेख्नुभएको छ- बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन ।

उहाँले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय भएको जनाउनु भयो । उहाँले घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न पनि माग गर्नुभएको छ ।

ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दे ओलीले अब यस्तो कहिलै नहोस् भन्ने कामना गर्नुभएको छ ।