२३ असार २०८३, मंगलवार
,
Latest
पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रविरोधी गतिविधि हुन नदिन एमाले महासचिवको जोड



file photo
अ+ अ-

गुल्मी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेका राजनीतक दल सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै राष्ट्रविरोधी गतिविधि हुन नदिनेतर्फ समाजका सबै वर्ग एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

एमाले जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता बढ्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको छ, राष्ट्र विरोधी र अराजक शक्ति हाबी भएका छन् । त्यसो हुन नदिन सबै राजनीतिक पार्टी एकताबद्ध हुन आवश्यक छ । ”

महासचिव पोखरेलले देशको विकासालाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्नुको उद्देश्य पनि राष्ट्र र समाजकै विकास भएको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन प्रशिक्षणमा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापाले प्रशिक्षण दिने कार्यक्रम छ । रासस