७ असार २०८३, आईतवार
,
Latest
सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्नेकुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् बैठक: चार निकायमा नियुक्ति ,राजनीतिक दलसम्बन्धि ऐन–२०७३ संसदमा पेश गर्न स्वीकृति



अ+ अ-

काठमाडौं । सरकारले ‘राजनीतिक दलसम्बन्धि ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रश्तावमा सो विधेयक संघीय संसदमा पेश गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।

त्यसैगरी बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ लाई संशोधन गर्न बनेको २०८०’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘अर्थ मन्त्रालयको प्रश्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद रिक्त थियो । त्यो रिक्त पदमा पर्वत कुमार कार्कीलाई नियुक्त गर्ने भनेर निर्णय भएको छ । अर्को अर्थ मन्त्रालयकै प्रश्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने पनि निर्णय भएको छ । अर्को गृह मन्त्रालयको प्रश्तावमा राजनीतिक दलसम्बन्धि ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसै गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको प्रश्तावमा सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रश्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र स्वास्थ्य मन्त्रालयकै प्रश्तावमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’

मन्त्रीपरिषद् बैठकले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । त्यसैगरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गरेको छ ।

न्युज एजेन्सी नेपाल

 

 




भर्खरै