२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकागोमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु



symbolic photo
अ+ अ-

एजेन्सी । सिकागोको मध्यक्षेत्रमा शुक्रबार भएको सशस्त्र झडपमा दुई विद्यार्थीकोे मृत्यु भएको सिकागो प्रहरी तथा अग्नि नियन्त्रकले बताएका छन् ।

शिकागो ट्रिब्यूनको रिपोर्ट अनुसार मृतक विद्यार्थीहरू १६ र १७ वर्षका थिए । उनीहरूसहित विद्यालयका अन्य चार व्यक्तिहरू विद्यालयबाट फर्कँदै गर्दा दुई गाडीमा आएका केही व्यक्तिहरूको समूहले गाडीबाट भरी गोली हानेका थिए ।

मृतकलाई छातीमा गोली हानिएको र उनीहरूलाई गम्भीर अवस्थामा नर्थवेस्टर्न मेमोरियल अस्पतालमा लगेको केही समयपछि मृत घोषिणा गरिएको शिकागो फायर डिपार्टमेन्टका प्रवक्ता ल्यारी ल्याङफोर्डले बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अप्रिल २०२३ मा शिकागोको मध्यक्षेत्र दुई किशोरहरूलाई गोली हानिएको थियो भने एक वर्षअघि मिलेनियम पार्कको बीन मूर्तिकला नजिकै १६ वर्षीय बालकको गोली हानी हत्या गरिएको थियो ।