२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल: पुटिन



अ+ अ-

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताउनुभएको छ ।

क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको लडाइँको रूपमा पटक–पटक प्रस्तुत गर्दै आएको छ ।

पुटिनले रूसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भन्नुभयो, “मलाई लाग्छ अझै पनि हामी आफैले र अझ बढी विदेशमा रहेका हाम्रा श्रोता र दर्शकहरूका लागि हाम्रो सोच्ने तरिका बुझ्न महत्वपूर्ण छ ।”

“युक्रेनको मोर्चामा जे भइरहेको छ : उनीहरूका लागि यो उनीहरूको रणनीतिक स्थितिको सुधार हो । यो रूसका लागि जीवन र मृत्युको विषय पनि हो र भाग्य पनि हो,” उहाँले भन्नुभयो ।

पुटिनले अमेरिकी ‘टक शो’ प्रस्तोता टकर कार्लसनलाई दिएको दुई घण्टा लामो अन्तर्वार्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताउनुभएको हो । उक्त अन्तर्वार्तामा पुटिनले रूसी इतिहासबारे लामो कुराकानी गर्नुभएको थियो र युक्रेनको राज्यका बारेमा निरन्तर प्रश्न उठाउनुभएको थियो ।

“पश्चिमा र अमेरिकी श्रोता तथा दर्शकका लागि यो सजिलो थिएन । “कार्लसन अन्तर्वार्तामा पुटिनको लामो, ऐतिहासिक विचारबारे सोधिएको प्रश्नमा पुटिनले भन्नुभयो ।

उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाको इतिहास लगभग ३०० वर्षको छ, र मैले त्योभन्दा अघिको कुरा गर्दै छु । त्यसैले मलाई लाग्छ, अमेरिकी दर्शकका लागि यो बुझ्न सजिलो छैन ।”