२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको हारपछि बेन स्टोक्सले भने – ‘अम्पायर कल’लाई हटाउनुपर्छ



अ+ अ-

एजेन्सी । भारतविरुद्धको तेस्रो टेस्टमा पराजयपछि इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले डिसिजन रिभ्यु सिस्टम (डीआरएस)बाट अम्पायरको कल हटाउन माग गरेका छन् ।

तेस्रो टेस्टको दोस्रो इनिङ्समा ज्याक क्राउलीलाई एलबीडब्लू आउट गर्ने निर्णयले स्टोक्स निराश भएका थिए । यसै कारण उनले डीआरएस नियम परिवर्तन गर्न माग गरेका छन् ।

राजकोटमा भएको यो खेलमा भारतीय टोलीले कीर्तिमानी ४३४ रनले जित निकाल्दै ५ खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । चौथो खेल २३ फेब्रुअरीबाट राँचीमा हुनेछ ।

खेलपछि स्टोक्स र इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याकुलम म्याच रेफ्री जेफ क्रोसँग कुरा गरिरहेको देखियो ।

स्टोक्सले भने, ‘रिप्लेमा बल स्टम्पभन्दा बाहिर निस्किरहेको थियो । यस्तो अवस्थामा जब अम्पायरको कलको निर्णय आयो, हामी अलिकति छक्क पर्यौं । त्यसोभए हामीले हक–आइका मानिसहरूबाट स्पष्टता चाहन्थ्यौं । त्यसमा रेफ्रीले संख्याका आधारमा बल स्टम्पमा लाग्ने पक्का भए पनि प्रक्षेपण गलत भएको बताए । मलाई थाहा छैन यसको अर्थ के हो । यसका लागि मैले कसैलाई दोष लगाएको होइन । मलाई थाहा छैन के भइरहेको छ ?’

राजकोट टेस्टमा इंग्ल्याण्डका ओपनर ज्याक क्राउली एलबीडब्लु भएका थिए । जसप्रित बुमराहले उनलाई ९औं ओभरको दोस्रो बलमा प्याभिलियन पठाए । क्राउलीले २६ बलमा ११ रन बनाउन सके ।




भर्खरै