२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको दोस्रो चरणको तालिका सार्वजनिक, फाइनल २६ मेमा चेन्नईमा हुने (तालिकासहित)



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । लोकसभाको मिति घोषणापछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बाँकी खेलको तालिका सार्वजनिक गरेको हो ।

बीसीसीआईले सोमबार जारी गरेको तालिका अनुसार लिगको चालू सिजनको दोस्रो चरणको सुरुवात अप्रिल ८ मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीचको रात्रिकालीन खेलबाट हुनेछ ।

यो खेल चेन्नईको घरेलु मैदान चेपौक मैदानमा हुनेछ । यस सिजनको फाइनल मे २६ मा चेन्नईमा हुनेछ ।

आईपीएल आयोजक समितिले २२ फेब्रुअरीमा पहिलो दुई साताका २१ खेलको तालिका सार्वजनिक गरेको थियो । त्यसपछि लोकसभा चुनावका कारण बाँकी खेलको तालिका सार्वजनिक भएको थिएन ।

आईपीएलको गत सिजनको उपाधि महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले जितेको थियो । अहमदाबादमा भएको फाइनल खेलमा टोलीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा चेन्नई र मुम्बई इन्डियन्सले ५/५ उपाधि जितेका छन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/03/1711346895837_TATA-IPL-2024-Schedule-F.pdf” title=”1711346895837_TATA IPL 2024 Schedule F”]