२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् बस्दै, कहाँ कहाँ हुँदैछ नियुक्ति सिफारिस ?



अ+ अ-

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो । अहिले संवैधानिक निकाय तथा आयोगमा गरी ७ जना पदाधिकारी रिक्त छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा रिक्त स्थानमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारी गरिएको छ । यसअघि आइतबार नै बैठक बोलाइ पनि सभामुख देवराज घिमिरे स्वीजरल्यान्ड भ्रमणमा गएकाले बैठक एक साता धकेलिएको हो ।

आजको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो ।
संवैधानिक परिषद्को बैठकका एजेन्डाका विषयमा हिजो साँझ प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैछन् ।