२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । 

राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन् । 

लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्ती मगर चोटका कारण बाहिरिनुभएको हो । अभ्यासका क्रममा उहाँलाई गम्भीर चोट लागेको हो । उहाँको उपचार कतारमा गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । चोटबाट मुक्त भएपछि अर्याले भने टोलीमा फर्कने एन्फाले जनाएको छ । 

विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ ।