२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुडिरहेकै मोटरसाइकलबाटै महिलालाई बाघले थुतेर लगेपछि…



फाईल फोटो
अ+ अ-

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले मोटरसाइकलमा सवार एक महिलालाई थुतेर लगेको छ। कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको हो । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार निकुञ्ज क्षेत्रबाट मोटरसाईकलबाटै थुतेर लगेकी महिलाको अवस्था हालसम्म अज्ञात रहेको छ। मोटरसाइकल उनका २२ वर्षीय छोरा सन्तोष थापाले चलाएका थिए। 

गुडिरहेको मोटरसाइकलबाट बाघले आमालाई लगेपछि सन्तोष भागेर निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको डिएसपी खड्काले बताए। उनलाई सामान्य चोट लागेको छ। 

थापा शुक्रबार राति १० बजेतिर भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टभन्दा करिब ५-६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।