२३ असार २०८३, मंगलवार
,
Latest
भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादी र नेकपा एकीकृत मार्क्सवादीबीच एकता



अ+ अ-

काठमाडौंः जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।

शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा भएको हो ।

एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आएपनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभूति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ संगठन तथा पार्टीलाई एकीकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताएका छन् ।




भर्खरै