२३ असार २०८३, मंगलवार
,
Latest
भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक बस्दै, नेकपा विभाजनको असर बैठकमा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको हिउँदे अधिवेशन मध्यान्न ४ बजे बस्दैछ । सबिधानको प्रावधान अनुसार संसदको बैठक ६ महिना भि त्र बोलाउनु पर्ने संवैधानिक बाध्यता अनुसार बैठक आह्वान भएको हो । आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व  गर्ने सबैदलका प्रतिनिधीहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी र  मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभालाइृ जानकारी गराउनु हुनेछ । यसै गरी संसद नभएको समयमा सरकारले जारी अध्यादेशहरु  टेवल हुने र विभिन्न समितिका प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पहिलो पटक स्थायी सदन राष्ट्रियशभाको बैठक बस्न लागेको हो । प्रतिनिधिशभा बिघटन संगै सत्तारुढदल नेकपा बिभाजित बनेको छ । जसको प्रभावर असर राष्ट्रियसभामा बैठकमा देखिने निश्चित छ । 

प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटहरु सर्वोच्चअदालतमा बिचाराधिन रहेपनि यस विषयले राष्ट्रियसभामा प्रवेश पाउने अवस्था रहेको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले   सर्वोच्चमा विचाराधिन रहेका विषयमा मान्यज्यूहरुले बोल्ने चलन नहुने भन्दै बोलिहाल्नुभयो रुलिङ गर्ने जनाउ दिईसक्नु भएको छ । उहाले संवैधानिक प्रक्रिया मानेर आएका हामी माननीयहरु जति सांसदहरु छौ सबैले यो कुरालाई हेक्का राख्ने अपेक्षा पनि गर्नुभएको छ ।  




भर्खरै