२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चारसय रुपियाले उकालो लाग्यो सुनको मूल्य



अ+ अ-

काठमाडौ ।  स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 
 प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो ।  चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ ।