२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन असंवैधानिक : पूर्वराष्ट्रपति यादव



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताउनुभएको छ । 

बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधि सभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दुरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ गईरहेको बताउनुभयो । उहाँले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको पनि बताउनुभयो । पूर्व राष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको विश्वास व्यक्त गर्नुभयो ।

यादवले २०३३ सालमा विपी कोईराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताउनुभयो । नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्र्तराष्ट्रिय ध्यानपनि केन्द्रीत रहेको भन्दै पूर्वराष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने बताउनुभयो । भु–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने पनि उहाँको भनाई छ ।

पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दुरगामी प्रभावलाई विचार नगरी प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको बताउनुभयो । राष्ट्रिय शक्ति मिलेर सबै समस्याको निदान हुने भन्दै उहाँले मेलमिलापको नीति आजको दिनमा अझ सान्दर्भिक भएर गएको उल्लेख गर्नुभयो ।