२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई धुँदा धेरै साबुन सकियो तर सफा भएनन् – अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । हिजोमात्र काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा गरेर नेता ओलीलाई सत्तोसराप गरेपछि आज अकस्मात ओलीले नै कार्यक्रम राख्न लगाएका हुन् र उनी पनि अर्का अध्यक्ष प्रचण्डमाथि खनिएका हुन् । 

उनले आज भनेका छन्, प्रचण्डलाई आफूले धेरै धुने लाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डको ध्यान जहिले पनि कसरी कब्जा गर्ने भन्नेमा मात्र रहेको आरोप उनले लगाए । 

तर आफूले भने सधैँ प्रचण्डलाई मित्रताको अंगालो मात्र हाल्ने गरेको तर प्रचण्डले भने धृतराष्ट्रलले जस्तो अंगालो मारेको आरोप लगाए । 

प्रधानमन्त्री ओलीले आफूले प्रचण्डलाई विगतमा जस्तो षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् र अब देश र जनताको लागि राजनीतिक गर्नुस् भनेको तर उनले नमानेको बताए । 

प्रधानमन्त्री ओलीले गएको तीन वर्ष त आफूलाई प्रचण्डलाई सम्झाउन मात्र लागेको जसले गर्दा काम हुन नसकेको आरोप लगाए । उनले भने, भने, ‘तीन वर्षमा  साबुनका धेरै डल्ला खर्च भए, धेरै साबुन सकिए, ड्रमका ड्रम पानी खतम भयो, तर उनलाई सफा पार्न सकिएन, उनको नियतलाई सफा पार्न सकिएन ।