२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य चिह्न हाम्रो हो, अरुले आँखा नलगाए हुन्छ : निरु पाल



अ+ अ-

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकी केन्द्रीय सदस्य पूर्व सांसद निरुदेवी पालले निर्वाचन आयोगले पार्टी अध्यक्ष र महासचिवलाई मात्र औपचारिक रुपमा चिन्ने हुँदा सूर्य चिन्ह आफूहरुकै हुने दाबी गर्नुभएको छ । 

सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा सुरु भएको भेलालाई सम्बोधन गर्दै पालले सूर्य चिह्न हाम्रै हो, यसमा कुनै पनि शंका छैन साथीहरु ढुक्क भए हुन्छ भन्नुभयाे ।

मंगलबार मात्र नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह आफूहरुसँग रहेको दाबी गर्नु भएको  थियो छ। डिएनए टेष्ट गर्न आफूहरु तयार रहेको भन्दै नेता नेपालले बालुवाटार गुटले नाम र चिह्नका बारेमा कुनै भ्रम नरहेको बताउनु भयो । नेता नेपालको प्रतिउत्तरमा नेतृ पालले यस्तो बताउनु भएको हो ।