२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

उधौली सकेला पर्व मनाइँदै (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आज मार्गशीर्ष शुक्ल पूर्णिमा किराँत समुदायले किराँत पर्व उधौली सकेला धुमधामसँग मनाउँदैछन् । याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरुको चासोक तङ्नाम देशभर मनाइँदैछ । किराँत भित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिएपनि समग्रमा उधौलीका नामले चिनिन्छ । किराँत समुदायले अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने, पितृलाई स्मरण गर्ने र अन्नबाली खानका लागि इष्टदेवतासँग अनुमति माग्ने पर्वको रुपमा उधौली सकेला भनिन्छ ।

बाली लगाउने बेला अर्थात वैशाख पूर्णिमाका दिन उभौंली अर्थात यावा पर्व मनाइने प्रचलन पनि रहेको छ । देशका विभिन्न ठाउँबाट काठमाडौं आई बसेका किराँत समुदायका मानिसहरुले आज ललितपुरको हात्तीवनमा रहेको किराँतकाल देखिएको ऐतिहासिक धार्मिक तिर्थस्थलमा पुगि पूजाआजा गरेर किराँत चाड विशेष रुपमा मनाएका छन् । उधौली पर्वलाई किराँत समुदायले प्रकृतिसँग समेत जोडदै आएका छन् । उभौलीमा खेतीपाती राम्रो होस भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकोमा साकेला (भूमे)लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने विश्वास समेत किराँत जातिमा रहेको छ । 

किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल हात्तीवनमा विशेष रुपमा पूजाआज गरेपछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाच, सकेला लगायतका नाच नाचेर मनोरन्जन गर्छन । तर यसवर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण किराँत जातिले विशेष पूजा मात्रै गरेका छन् । अन्य संस्कृतिक कार्यक्रम नगर्ने भएका हुन् ।