२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसीबाट लाइसेन्स प्राप्त, आर्मीलाई अवसर



अ+ अ-

काठमाडौं । शीर्ष डिभिजन खेल्ने नेपालको विभागीय टोलीले एसियाली फुटबल महासंघ (एएफसी) बाट केही दिन अगाडि मात्र एएफसी लाइसेन्स प्राप्त गरेको छ । ए डिभिजन लिग खेलेका १४ टोली  सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँएसँगै अब आर्मी ले मात्रै एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने भएको छ । पाएको मान्यतालाई जोगाउनलाई पक्कै सहज छैन । कस्तो तयारी र स्तर आवश्यक हुन्छ त ?
कुनै समय दक्षिण एसियामा बलियो मानिने नेपाली फुटबल पछिल्लो समय विभिन्न उतारचढावले गर्दा लयमा नदेखिनु तितो यथार्थ हो ।

एएफसीका प्रतियोगितामा बलियो चुनौति दिँदा दर्शकको वाह वाह बटुल्ने गरेको नेपाली क्लबले पछिल्ला केही संस्करण प्रतिनिधित्व गर्न सकेनन । कहिले विनाशकारी महाभूकम्प त कहिले फुटबल भित्रको आन्तरिक किचलोले नेपाली फुटबल भूमरीको भूंग्रोमा फस्यो । तर पनि विभागीय टोली हुनुको अर्थले आर्मीले एएफसीको लाइसेन्स पाउन सक्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता चुनौती नहुने फुटबलका विश्लेशक सञ्जीव मिश्रले बताउनुभयो ।

फुटबल विकासका लागि शीर्ष डिभिजन लिग खेल्ने क्लबलाई एएफसी लाइसेन्स प्रदान गर्दै फुटबल अगाडि बढाउने हेतु राखेको एएफसीले नेपालको एक मात्र क्लब त्रिभुवन आर्मी क्लबलाई मान्यता दिँदा अन्य शीर्ष डिभिजनका क्लबले मापदण्ड पूरा हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्विकार गर्नुभयो । विभागीय टोली त्रिभुवन आर्मी पछिल्लो पटक सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता हो । मोफसलका केही प्रतियोगितामा उपाधि जित्दै अन्य क्लबलाई बलियो चुनौति दिन आर्मीलाई अन्तर्राष्ट्रिय स्तरका क्लबसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन ।

त्यसो त विभागीय टोलीमा राष्ट्रिय टोलीको जर्सी पहिरिने खेलाडी पनि समावेश भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका केही प्रतियोगितामा अनुभव बटुलिसकेका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन बलियो पक्ष हुनेछ । अन्य क्लबलाई भन्दा आर्मीलाई साख जोगाइ राख्न वातावरण तुलना गर्दा केही सहज छ । आफ्नै मैदान, खेलाडीले पाउने सेवा र सुविधा आर्मीका लागि थप हौसलाका पाटा हुन । पूर्वाधारको अधिकतम सदुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरका क्लबलाई टक्कर दिने तयारीमा जुट्नु मिहिनेत जरुरी हुन्छ । यसका अलावा आर्मीलाई एएफसीले गरेको विश्वास र फुटबल विकासमा राखेको अपेक्षालाई पूरा गर्न दृढताका साथ लाग्नुको विकल्प छैन ।