२३ असार २०८३, मंगलवार
,
Latest
दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा मन्दिर क्षेत्रमा भीषण आगलागी



फाइल फाेटाे
अ+ अ-

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ । 
 
आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।