२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बिस्तार, ८ मन्त्री थपिए



अ+ अ-

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बिस्तार संगै  केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । थपिएका मन्त्रीहरुले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट  पद तथा गोपनियतको शपथ लिनु भएको छ । 
पुनर्गठित मन्त्रिपरिषदमा उर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझी लाई दिईएको छ । यसै गरी  मणि थापा खानेपानी तथा सरसफाई , प्रभु साह शहरी विकास, प्रेम आले वन , गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री, गौरी शंकर चौधरी श्रम मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतो महिला बालबालिका मन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री हुनुभएको छ । यस्तै केही मन्त्रिको जिम्मेवारी  परिबर्तन भएको छ ।

 भानुभक्त ढकाल पर्यटन,  हृदयेश त्रिपाठी स्वास्थ्य,  लीलानाथ श्रेष्ठ कानून,  शिवमाया तुम्बाहाङ्फे भूमिसुधार पद्मा अर्यालले कृषि मन्त्रालय र कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेबारी दिईएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गरिएको छ । नव नियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण लिएर मन्त्रिपरिषदको बैठकमा सहभागि हुनुभएको छ ।