२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पुस १३ गते सरकारकाविरुद्ध देशैभर आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन विरुद्ध पुष १३ गते देशैभर विरोध प्रदर्शन गर्ने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आजको बैठकको शुरुमै पार्टीका सभापति शेरबहादुर देउवाले पुष १३ गते सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएर बैठकले निर्णय गरिसकेको छ ।’

कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष सहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्तै पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चार माध्यममा आएको र त्यसमा सत्यता नरहेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

व्यक्तिगत रुपमा कुनैपनि नेताले आफ्नो विचार राख्नु भएपनि पार्टीले संसद विघटनको विरुद्धमा निर्णय गरिसकेको बताउनुभयो । पार्टीमा धेरै किसिमका धारणा आउने र तीनै धारणाहरुको बिचबाट उपयुक्त धारणा निर्माण गर्ने पनि प्रष्ट पार्नुभयो ।