काठमाडौ । संबिधानविद् भीमार्जुन आचार्यले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु महाभूल भएको बताउनु भएको छ ।
न्यूजपोलारसँग कुरा गर्दै आचार्यले संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नगएर आफ्नो संवैधानिक दायित्वबाट च्यूत भएको टिप्पणी गर्नुभयो ।
दलहरुको झगडामा न्यायालय समेत नचाहँदा नचाहँदै फस्न पुगेको उल्लेख गर्दै आचार्यले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणालाई सुझबुझपूर्ण कदम चाल्न सुझाब दिनुभयो ।












