२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी पत्रकार इभानलाई मुक्त गर्न रुस तयार, एउटा बिमान अंकारामा अवतरण



टर्कीको अंकारामा अवतरण गरेको रूसी बिमान ।
अ+ अ-

काठमाडौं: युक्रेन मामिलामा रुस र अमेरिकाबीच तिक्तता बढेकै समयमा दुबै देश सातवटा मुलुकमा बन्दी जीवन बिताइरहेका व्यक्तिहरुलाइ छाड्न सहमत भएका छन् ।

यी बन्दीहरु रुस, अमेरिका, जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे र बेलारुसमा रहेका छन् । खासगरी युरोपका विभिन्न जेलमा थुनामा रहेका रुसका नागरिकहरु रुसी गुप्तचर निकाय (एफएसबी) सँग आबद्ध रहेको बताइएको छ ।

बिबिसीका अनुसार युरोपका जेलमा बन्दी अवस्थामा रहेका आठ जना रूसी नागरिक जेलमुक्त भएर रुस जाँदैछन् ।

पछिल्लो सहमतिसँगै रसियामा थुनामा रहेका वाल स्ट्रिट जर्नलका संवाददाता इभान गर्सकोभिच, अमेरिकी सैनिक पल ह्विलान र रुसी र अमेरिकी दुबै देशको नागरिक रहेकी रेडियो पत्रकार अल्सु कुर्मासेभा जेलमुक्त हुनेछन् ।
उनीहरुलाई लिएर एउटा रुसी बिमान टर्कीको राजधानी अंकारा पुगिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस्तै रुसले पुटिनका आलोचक इल्या यासिनलाई पनि मुक्त गर्दैछ ।

जर्मनीले आफ्नो जेलमा रहेका रसियाली नागरिक भादिम क्रासिकोभलाई रिहा गरेको छ । उनी सन् २०१९ मा जर्मनीको बर्लिन पार्कमा रसियाका विपक्षी एक नेताको हत्यामा संलग्न रहेको आरोपमा जर्मनीमा बन्दी थिए ।

अमेरिका र रुस बीच शीतयुद्धकाल पछि सबैभन्दा ठूलो संख्यामा बन्दी आदानप्रदान गर्न सहमत भएका हुन् । यद्यपी अहिले दुबै मुलुकबीच सम्बन्ध सुध्रिएका कारण बन्दी आदानप्रदान भएको होइन ।

केही समयदेखि दुबै मुलुकका अधिकारीहरु बन्दी आदानप्रदानका लागि प्रयासरत थिए । तर आज आश्चर्यजनक परिणाम देखिएको छ । एजेन्सी




भर्खरै