२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभकी नातिनी नव्याको सिद्धान्त चतुर्वेदीसँग ब्रेकअप



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दको नाम लामो समयदेखि ‘गली ब्वाई’ फेम अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको छ । यसैबीच दुवैको ब्रेकअप भएको सुनिएको छ ।

दुबै लामो समयदेखि सँगै देखिएनन् । यसबाहेक दुवैले सामाजिक सञ्जालमा पनि एकअर्कासँग दूरी कायम गरेका छन् ।

बलिउड हंगामाको रिपोर्ट अनुसार नव्या र सिद्धान्त औपचारिक रुपमा अलग भइसकेका छन् । तर, ब्रेकअपपछि पनि दुवै जना असल साथी बनेका छन् । फ्यानहरूले सामाजिक सञ्जालमा पनि यी दुईबीचको दूरी देखेका छन् ।

पहिले दुवैले इन्स्टाग्राममा एकअर्काको पोष्ट लाईक गर्थे तर अहिले त्यस्तो छैन ।

उनीहरुको डेटिङको चर्चा त्यतिबेला सुरु भएको थियो, जब दुबै जना धेरै कार्यक्रममा सँगै देखिएका थिए । दुबैजना बिदा मनाउन ऋषिकेश गएका थिए र त्यहाँको फोटो पनि सेयर गरेका थिए । दुबै एकअर्काको घरमा हुने पार्टीमा पनि सँगै देखिएका थिए ।

कामको कुरा गर्दा सिद्धान्त अन्तिम पटक नेटफ्लिक्समा रिलिज भएको ‘खो गए हम कहाँ’ मा देखिएका थिए । आगामी दिनमा उनी ‘धडक २’ मा देखिनेछन् । यसमा उनको विपरित ‘एनिमल’ फेम तृप्ति डिमरी हुनेछिन् ।




भर्खरै