२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्: सदस्य सचिव घिसिङ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताउनुभएको छ ।

पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि न्युज एजेन्सी नेपालले गरेको कुराकानीमँ राखेप सदस्यसचिव घिसिङले पारा खेलकुदमा धेरै सम्भावना रहेको औंल्याउनु भयो । यसअघि नै आफूले पारा खेलकुदलाई व्यवस्थित र व्यावसायीक रूपमा अगाडि बढाउन योजना कार्यान्वयनमा ल्याएको उहाँको भनाइ छ । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयमार्पmत नवौं राष्ट्रिय खेलकुद लगत्तै प्रथम पारा राष्ट्रिय खेलकुदका लागि वार्षिक रूपमा बजेट छुट्याइएको उहाँले बताउनु भयो । यद्यपि यो पर्याप्त नरहेको उहाँको विश्वास छ ।

घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउनसके मात्र नेपाली खेलकुदमा धेरै पलेशा गोवद्र्धनको जन्म हुने सम्भावना रहेको उहाँले औंल्याउनु भयो । घिसिङले यो सफलताले साना देशले पनि विश्व खेलकुदमा ठूला सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनु भयो । उपलब्धि हासिल गर्दा पाएको चर्चाजस्तै नीतिगत रूपमा विकास गर्न ध्यान अगाडि बढाउन सकेमा सम्भावनाहरू थप बढ्ने उहाँको विश्वास छ । भौगोलिक र आर्थीक रूपले साना राष्ट्रले लक्ष्य राखे सफलता पाउने प्रमाणित गरिसकेको बताउनु भयो ।

पारालिम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको सदस्यसचिव घिसिङको विश्वास छ । यसका लागि म्यानचेस्टर सिटीको राम्रो एकेडेमीमा पलेशाले प्रशिक्षण गरेको र त्यो प्रभावकारी बनेको उहाँको भनाइ छ । चीनमा अध्ययनरत हुँदा पनि उनलाई त्यहाँ नै प्रशिक्षण गराउने वातावरण सिर्जना गर्ने प्रयासमा राखेपले योजना बुनेको उहाँले स्मरण गर्नुभयो । तयारीअनुरूप पलेशा र उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष धन्यवाद दिनुभयो । राखेप सदस्यसचिव घिसिङले यो सफलतामा सिंगो देशले नै खुशीयाली मनाएको बताउनु भयो ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले पलेशा गोवद्र्धन र करातेकी खेलाडी एरिका गुरुङ ९१९औं एसियाली खेलकुदकी रजत विजेता० नेपाली खेलकुदमा आजको युगका हिरो रहेको प्रतिक्रिया दिनुभयो । उनीहरूले अझै धेरै सफलता ल्याउन सक्ने सम्भावना रहेको र त्यसका लागि सम्बन्धित संघलाई आगामी एशियाली खेलकुद र ओलम्पिकमा दीर्घकालीन तयारी गराउन निर्देशन दिने बताउनु भयो । त्यसका लागि आवश्यक पर्ने लगानी पनि परिषद्ले गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अर्को पटक स्वर्ण पदक जित्नेगरी तयारी गर्न काम अगाडि बढाउने बताउनु भयो ।

राखेप सदस्यसचिव घिसिङले खेलअगाडि नै राज्यले दिने पुरस्कारबारे खेलाडीलाई प्रत्याभुति गराउनसके उनीहरूको प्रदर्शन उच्च हुने विश्वास व्यक्त गर्नुभयो । सोहीअनुरूप नै आफू राखेपमा नियुक्ति भएपछि देशका लागि पदक जित्ने खेलाडीले कानूनी रूपमै पुरस्कार पाउने वातावरण सिर्जना गर्न खेलकुद विकास नियमावली बनाइएको उहाँको भनाइ छ । त्यसअनुरूप पलेशाले पारालिम्पिकमा पदक जितेपछि ६५ लाख रुपैयाँ पाउने र उक्त पुरस्कारमा काटिने कर छुटका लागि राखेपको कार्यकारी समितिबाट प्रस्ताव अगाडि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले विद्यालयस्तरबाटै पाठ्यक्रमका रूपमा अगाडि बढाउन आवश्यक रहेको औंल्याउनु भयो । साथै उहाँले खेलकुदमा नीजि क्षेत्रको लगानी बढाउन विशेष योजना आवश्यक रहेको र त्यसका लागि आफूले लामो समयदेखि पहल गरिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वैज्ञानिक रूपमा खेलाडीको तयारी गर्नसके मात्र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको प्रदर्शन सुधार हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । अहिले सिमित श्रोत साधानबाटै गरिएको तयारीबाट खेलाडीले ऐतिहासिक सफलता प्राप्त गरेको उहाँले उल्लेख गर्नुभएको छ । ठूला सफलता प्राप्त गर्न पर्याप्त लगानीसहित मिसनका रूपमा तयारी गर्न आवश्यक रहेको उहाँले औंल्याउनु भयो ।

सन् २०२६ को २०औं एशियाली खेलकुदका लागि अहिले नै राखेपले तयारी गसिकेको उहाँको भनाइ छ । उहाँले राखेप खेलकुदमा परिणाममुखी बनाउन खेलाडी आवास पनि आवश्यक रहेको बताउनुभएको छ ।