२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक उपस्थितिमै उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्ने तयारीमा त्रिवि



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

वार्षिक प्रणालीका विद्यार्थी समेट्दै
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी दिनुभयो । धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको जनाइएको छ ।

खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ । विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्र्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।

अनलाइन कक्षा पनि निरन्तर
विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने भएको छ । अब विश्वविद्यालयले दुवै मोडल (अनलाइन र भौतिक उपस्थिति)बाट कक्षा सञ्चालन गरिने शिक्षाध्यक्ष भुसालले बताउनुभयो । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको पठनपाठन अनलाइन माध्यमबाट भइरहेकाले त्यसलाई समेत निरन्तरता दिइने जनाइएको छ ।

अनुमति लिनुपर्ने
विश्वविद्यालय मातहतका क्याम्पसले कक्षा सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिनुपर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको अवस्थालाई विचार गरी स्थानीय तहबाट स्वीकृति लिएर कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन विश्वविद्यालयले दिएको छ ।
कोरोनाको अवस्था जिल्ला र पालिकापिच्छे फरकफरक अवस्था हुने भएकाले स्थानीय तहसित अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न भनिएको शिक्षाध्यक्ष भुसालले जानकारी दिनुभयो ।
राजधानीको पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न विश्वविद्यालयबाट स्वीकृति प्राप्त भएको जानकारी दिँदै उपत्यकामा भने तत्काल सो परिस्थिति नदेखिएको बताउनुभयो । काठमाडौँ बाहिरका कोरोनाको प्रभाव नभएका जिल्लामा भने क्याम्पस सञ्चालन गर्न यसले सहज बनाएको क्याम्पस प्रमुख थापाले बताउनुभयो । गोरखापत्र दैनिक