३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञाबीच बर्दिवासमा प्रदर्शन, प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई शहीद घोषणा गर्न माग



अ+ अ-

महोत्तरी । बर्दिवासको छ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीको गोली लागि मृत्यु भएका बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । बर्दिवास–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलवशा (गुलाव साह) खातुनको हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै बर्दिवास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले मृतक न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने र आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन्।

त्यस्तै आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने माग पनि गरेका छन्।  ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले आजबाट ५ जनाभन्दा बढि भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी भएपनि सडकमा प्रदर्शन भइरहेको जनाईएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।