महोत्तरी । बर्दिवासको छ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीको गोली लागि मृत्यु भएका बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । बर्दिवास–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलवशा (गुलाव साह) खातुनको हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै बर्दिवास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले मृतक न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने र आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन्।
त्यस्तै आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने माग पनि गरेका छन्। ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले आजबाट ५ जनाभन्दा बढि भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भएपनि सडकमा प्रदर्शन भइरहेको जनाईएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।












