२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलका सामग्री आयत गर्ने जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि कानूनी उपचारमा जाने



अ+ अ-

काठमाडौं । नेपालमा एप्पलका सामग्री आयात तथा बितरण गर्दै आएको जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले आफनो संस्था र नेपाल दुरसंञ्चार प्राधिकरण ई लक्षित गरी बिभिन्न व्यक्ति र सस्थाले लगाएको आरोप प्रति असहमति जनाउदै कानुनी उपचारमा जाने जनाएको छ ।

प्रालीले एक बिज्ञप्ति जारी गर्दे नेपालमा सूचना प्रविधिको उद्यम व्यवसाय गर्दै आएका व्यवसायी तथा उद्यमी रुद्रराज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र त्यसका कर्मचारीहरुमाथि बिना प्रमाण लगाएको आरोप प्रति असहमति जनाउदै कानुनी उपचारमा जाने जनाएको हो ।

पाण्डेले आफ्नो डियरवाक ग्रुप अन्तरगत रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आइफोन आयात गर्न प्रयास गरेको र त्यसमा प्राधिकरणले स्वीकृति नदिएको भन्दै बिभिन्न आक्षेप लगाउनु भएको थियो ।

कम्पनीले सन् २०१२ देखि नै नेपालमा आइफोन भित्र्याउँदै आएको छ । जेननेक्स्टले एप्पलसँग पछिल्लो पटक अगस्ट ५, २०२४ मा आधिकारीक सम्झौता अपडेट गरेको छ । उक्त सम्झौता पत्र ’एनडीए’ अर्थात नन डिस्क्लोजर एग्रीमेन्ट भएको हुँदा बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कम्पनी वा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बाट हेर्न सकिने कम्पनीले जनाएको छ ।

जेननेक्स्टले आयात गरेर नेपालमा ओलीज स्टोर, इभो स्टोर, लगायतका अन्य रिटेल कम्पनीहरुलाई आइफोन उपलब्ध गराउँदै आएको छ र सोही स्टोरहरुमार्फत आइफोन बेचिन्छन् । अझ महत्वपूर्ण भनेको एप्पलले जेननेक्स्टलाई आइफोन आयात गर्न र बिक्री गर्न दिएको छ भने कम्पनीको नेपालमा प्राविधिक काम गर्न र टाइप अप्रुभलको प्रकृयाका लागि डेल कन नामक छुट्टै कम्पनीलाई जिम्मा दिएको छ ।