२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत



अ+ अ-

काठमाडौं। एसियन सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ।

चीनको हाङझाओ शहरमा आयोजित प्रतियोगितामा रजत पदक जितेर स्वदेश फर्किएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनीसँगै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ ।

उनीहरुको स्वागतका लागि एन्फा अध्यक्ष टंकलाल छिसिङसहितका पदाधिकारी विमानस्थल पुगेका थिए ।

६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग पराजित भएपछि एरिका स्वर्णबाट बन्चित भइन् । नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाएकी थिई ।

लगातार तीन बाउट जितेर एरिकाले च्याम्यपियनसिपमा फाइनलको यात्रा तय गरेकी थिइन्। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४(० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकि थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन्।