२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टी–२० आजदेखि



अ+ अ-

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको चार खेलको टी–२० सिरिजको पहिलो खेल आज डर्बनमा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे किंग्समीड क्रिकेट मैदानमा सुरु हुनेछ । टस राति ८ बजे हुनेछ ।

यस वर्षको जुनमा भएको टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोली च्याम्पियन बनेको थियो । फाइनलपछि दक्षिण अफ्रिका र भारतीय टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

यी दुई टोलीबीच अहिलेसम्म २७ टी–२० खेल भएका छन् । जसमा भारतले १५ र दक्षिण अफ्रिकाले ११ जित हात पारेको छ । जबकि एक खेल अनिर्णित रह्यो ।

पछिल्लो पटक भारतले सन् २०२३ मा टी–२० सिरिजका लागि दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो, जहाँ दुवै टोलीले १–१ को बराबरी खेलेका थिए भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

यी दुईबीच अहिलेसम्म ९ टी–२० सिरिज खेलिएको छ जसमा भारतले ४ र दक्षिण अफ्रिकाले २ जितेको छ । जबकि ३ सिरिज बराबरीमा रह्यो ।

भारतीय कप्तान सूर्यकुमार यादव यस वर्ष टी–२० मा टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १४ खेलमा ४ सयभन्दा बढी रन बनाएका छन् । जसमा ४ अर्धशतक रहेका छन् । बलर अर्शदीप सिंहले सर्वाधिक विकेट लिएका छन् । उनले १४ खेलमा २८ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्स यस वर्ष टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । हेन्ड्रिक्सले १७ खेलमा ३९९ रन बनाएका छन् । यो वर्ष टिमका लागि सर्वाधिक विकेट लिने बलर एनरिके नोर्ट्या हुन् । तर, उनी यो सिरिजमा टोलीमा छैनन् । यो अवस्थामा ओटनेल बार्टम्यान सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १० खेलमा १४ विकेट लिएका छन् ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
भारतः सूर्यकुमार यादव (कप्तान), सञ्जु सामसन, अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, रिंकु सिंह, रमनदीप सिंह, अक्षर पटेल, वरुण चक्रवर्तीररवि बिश्नोई, अर्शदीप सिंह र आवेश खान ।

दक्षिण अफ्रिकाः एडेन मार्कराम (कप्तान), रीजा हेन्ड्रिक्स, रायन रिकेल्टन, ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन (विकेटकिपर), डेभिड मिलर, डोनोभान फरेरा, मार्को यान्सन, जेराल्ड कोएत्जी, ओटनेल बार्टम्यान र लुथो सिपामला ।




भर्खरै