२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० मा लगातार दुई शतक बनाउने पहिलो भारतीय खेलाडी बने सञ्जु सामसन



अ+ अ-

एजेन्सी । भारतले पहिलो टी–२० मा दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गर्यो । डरबनस्थित किंग्समीड स्टेडियममा भारतले सञ्जु सामसनको शतकको मद्दतले २०२ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिका १७.५ ओभरमा १४१ रनमै सीमित भयो । सञ्जु सामसन लगातार दुई टी–२० म्याचमा दुई शतक बनाउने विश्वका चौथो र भारतका पहिलो ब्याट्सम्यान बने । यसअघि फिल साल्ट, गुस्ताभ म्याकन र रिले रुसोले यो कीर्तिमान बनाएका थिए ।

सञ्जु टी–२० अन्तर्राष्ट्रियमा भारतबाहिर शतक प्रहार गर्ने पहिलो भारतीय विकेटकिपर ब्याट्सम्यान बने । विजय मांजरेकरले सन् १९५३ मा टेस्टमा यो उपलब्धि हासिल गरेका थिए भने एकदिवसीयमा राहुल द्रविडले सन् १९९९ मा भारतबाहिर शतक बनाएका थिए । त्यतिबेला द्रविडले विकेटकिपिङ पनि गरिरहेका थिए ।

टी–२० मा भारतीय विकेटकीपरका रुपमा सञ्जुले घरेलु र विदेशमा सर्वाधिक रन बनाएका छन् । हैदरावादमा बंगलादेश विरुद्धको उनको १११ रनको इनिङ घरेलु मैदानमा उच्चतम स्कोर हो, जबकि डरबन टी–२० मा उनको १०७ रनको इनिङ विदेशमा भारतीय विकेटकीपर ब्याट्सम्यानको उत्कृष्ट इनिङ हो ।

सञ्जुले एकै इनिङ्समा सबैभन्दा धेरै छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान रोहित शर्माको कीर्तिमानी बराबरी गरेका छन् । उनले १०७ रनको पारीमा १० छक्का प्रहार गरेका थिए ।

सञ्जुले दक्षिण अफ्रिकाविरुद्ध सबैभन्दा छिटो शतक बनाएका थिए । उनले ४७ बलमा शतक पूरा गरे । यसअघि यो कीर्तिमान ५५ बलमा शतक प्रहार गर्ने सूर्यकुमार यादवको नाममा थियो ।

दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टी–२० खेल आज राति पौने ८ बजे सुरु हुँदैछ ।




भर्खरै