२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा र लुम्बिनीको खेलमा बनेका ४ कीर्तिमान



अ+ अ-

काठमाडौँ । जारी नेपाल प्रीमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ ।

लुम्बिनी लायन्सलाई १० विकेटले हराएउँदै यसअघिका दुई खेल गुमाएको पोखराले पहिलो जित निकालेको हो ।

पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै बिनाविकेट गुमाई १७६ रन बनाएर पूरा गरेको थियो ।

यस खेलमा विभिन्न चार कीर्तिमानहरु बनेका छन् ।
एनपिएलमा पहिलो शतक
पोखराका ओपनर एन्ड्रिज गौसले शतक प्रहार गरे । यो एनपिएलको पहिलो शतक हो । उनले ५४ बलमा १२ चौका र ५ छक्काको मद्धतमा शतक पूरा गरे ।

१० विकेटको जित
पोखरा एनपीएलमा १० विकेटले विजयी हुने पहिलो टिम बनेको छ । यसअघि कुनै टोलीले यस्तो जित निकालेका छैनन् ।

छिटो अर्धशतक
शतक बनाएका गौस एनपीएलमा छिटो अर्धशतक पूरा गर्ने खेलाडी समेत बने । उनले २० बलमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले विराटनगरविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए ।

उच्च साझेदारी
पोखराका ओपनरद्वय गौस र दिनेश खरेलले लुम्बिनीविरुद्ध एनपिएलकै उच्च साझेदारी गरे । उनीहरुले अविजित १७६ रनको साझेदारी गरे ।

यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श ठाकेरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए । गौस र खरेलले यसलाई पछि पारेका हुन् ।