२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनले सुदूरपश्चिमलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्समाथि जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराएको हो । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमै अलआउट भयो ।

उसका लागि इशान पाण्डेले ३५, सैफ जइबले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रीत बजवाले १२, बिनोद भण्डारीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ चितवनका जान निकोल लोफ्टी इटन, अमर रौतेला, कुशल मल्ल र रिजन ढकालले दुई–दुई विकेट लिए भने रञ्जित कुमार र सोहेल तनभिरले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन जोड्यो ।

उसका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले १८ बलमा ३६ रनको विष्फोटक इनिङ खेले । उनले २–२ चौका र छक्का हिर्काए । यस्तै, बिपिन रावलले १७, कुशल मल्लले १३ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा दिपेन्द्र सिंह ऐरी र सैफ जइबले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा ४ खेलमा दुबै टोलिले तीन–तीन जित तथा एक हार ब्यहोरेका छन् ।