२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले अमेरिकाको राष्ट्रिय क्रिकेट लिगमा प्रतिबन्ध लगायो



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिकाको राष्ट्रिय क्रिकेट लिग (एनएलसी) लाई प्रतिबन्ध लगाएको छ । आईसीसीले युनाइटेड स्टेट्स अफ अमेरिका क्रिकेट (युएसएसी) लाई पत्र लेखेर लिगको भावी संस्करणलाई स्वीकृति नदिने निर्णय गरेको जानकारी गराएको छ ।

लिगमा प्लेइङ इलेभेनको नियम पालना नगरिएको पत्रमा लेखिएको छ । यस टी–१० फर्म्याट प्रतियोगितामा ६–७ विदेशी खेलाडी खेलेका थिए ।

एनसीएलको पहिलो सिजन अक्टोबर ४ देखि १४ सम्म भएको थियो । रोबिन उथप्पाको कप्तानीमा रहेको शिकागो सीसीले एट्लान्टा किंग्सलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

कुन नियम उल्लङ्घन गरियो ?
–आईसीसीको नियम अनुसार लिगमा खेल्ने प्रत्येक टोलीको प्लेइङ इलेभेनमा कम्तिमा ७ जना अमेरिकी खेलाडी हुनुपर्ने भए पनि धेरै खेलमा ६–७ जना विदेशी खेलाडीलाई उतारिएको थियो ।

– खेलहरूमा ड्रप–इन पिचहरू प्रयोग गरियो, जुन धेरै खराब थियो । पिच यति खराब थियो कि वाहब रियाज र टिमल मिल्सले ब्याट्सम्यानलाई चोट नपरोस् भनेर स्पिन बलिङ गर्नुपर्‍यो ।

–लिगका अधिकारीहरूले विदेशी खेलाडीहरूलाई मौका दिन अमेरिकी अध्यागमन नियमहरू पनि तोडे । अमेरिकामा खेलकुद श्रेणीको भिसाका लागि ६ टोलीका लागि कम्तीमा २ लाख अमेरिकी डलर खर्च लाग्छ । धेरै खेलाडी पैसा जोगाउन खेलकुद भिसामा गएका थिएनन् ।