७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पुस तेस्रो साता भारत भ्रमणमा जाने तयारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस तेस्रो सातासम्म भारत भ्रमणमा जाने तयारी गर्नुभएको छ । चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले अर्को छिमेकी मुलुक भारत जान लाग्नुभएको हो । प्रधानमन्त्री ओलीको भ्रमणका लागि दुवै देशका प्रतिनिधिमण्डलबीच तयारी सुरु भइसकेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँचो मिलाउन युरोप भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा त्यहिँबाट नयाँ दिल्ली जाने तयारीमा हुनुहुन्छ । उहाँले पुस ३ गते दिल्ली पुग्ने कार्यक्रम छ । पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स तय भएको छ । सो कन्फरेन्समा सहभागी हुने राणाले दिल्लीमै विदेशमन्त्री एस.जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले दाबी गरेको छ ।

त्यस क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा आवश्यक छलफल गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पुस तेस्रो वा अन्तिम सातामा भारत भ्रमण हुने गरी तयारी थालिएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ । ओलीको भारत भ्रमणको आन्तरिक गृहकार्य चल्दै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव त्यही कारण अहिले दिल्ली जानुभएको छ ।




भर्खरै