२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रीमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो । अर्कोतर्फ हारेपनी जनकपुरलाई फाइनल प्रवेश गर्ने अवसर भने बाँकी छ । उसले फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर बिनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । उनले ५८ रनको योगदान दिए । यस्तै सैफ जइबले ३२, ब्रेन्डन म्याकमुलेनले २५ तथा दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए ।

बलिङतर्फ जनकपुरका किशोर महतो र ललित राजवंशीले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

जनकपुरका लागि जेम्स निशमले सर्वाधिक ४५ रन बनाए । शुभ कंशाकारले २६ रन बनाउदा हर्ष ठाकर र लाहिरु मिलान्थाले समान १२ तथा कप्तान आसिफ शेखले १० रन जोडे ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैफ जइबले २, अभिनास बोहरा २ र स्कट कुगलाइनले एक विकेट लिए ।