२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्प र जेलेन्स्की बीच फोनवार्ता



अ+ अ-

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जेलेन्स्की र ट्रम्प बिचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताइन् । अमेरिकी सरकार ‘शान्ति सम्झौता’ र रुस र युक्रेनबिच चलिरहेको युद्धको अन्त्य गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो।

लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भनेकी छन्, ‘अमेरिका र युक्रेनी नेताहरूबीच शुक्रबार म्युनिखमा हुने बैठकबारे वार्ता भएको छ।’ त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पसँग लामो कुराकानी भएको जानकारी दिएका छन्। उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकामा म आभारी छु। उहाँ (ट्रम्प) ले मलाई राष्ट्रपति पुटिनले भनेको कुरा सुनाउनुभयो।’

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनसँग कुरा भएको र आफूहरू भेटवार्ता गर्ने तय भएको बताएका थिए।




भर्खरै