२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण



अ+ अ-

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उहाँले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरेपनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताउनुुभयो ।

“जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उहाँले भन्नुुभयो, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।”विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उहाँले ती समस्याको सुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने बताउनुुभयो ।

सुरुमा नै समस्याको पहिचान भएमा त्यसबाट जटिलता ननिम्तने बताउँदै उहाँले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताउनुुभयो । यस अभियानका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक हुने बताउँदै उहाँले फागुन महिनाभर यो अभियान सञ्चालन हुने जानकारी दिनुुभयो । यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उहाँको भनाइ छ ।

अभियानको स्वास्थ्यमन्त्रीबाट नै रक्त परीक्षण एवम् रक्तचाप परीक्षण गरी शुभारम्भ गरिको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिना, पोखरा महानगरपालिका–८ का वडा अध्यक्ष रुद्रनाथ बराल, तेजाखर लम्साललगायतले अभियानले नसर्ने रोगको पहिचानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुुभयो ।