२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताएका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहको उद्घाटन गर्दै उहाँले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताए।

विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको बताउँदै उनले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने उल्लेख गरे । मानवमा शान्त र सकारात्मक मन, सबल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो योगदान गरेको प्रदेश प्रमुख भट्टको भनाइ छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आध्यात्मिक शैक्षणिक संस्थाका रूपमा रहेको बताउँदै उनले मानव मूल्यहरूको पुनः स्थापनाद्वारा मूल्यनिष्ठ समाजको निर्माणार्थ यसले काम गरिरहेको पाएको उल्लेख गरे। उनले विश्वका डेढ सयबढी देशमा आफ्ना सेवा केन्द्रको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य तथा तनावमुक्त जीवन, नैतिक मूल्य एवं मानवीय संस्कारको निर्माण गर्न विशेष भूमिका निर्वाह गरिरहेको बताए।

महाशिवरात्रिको अवसरमा नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै प्रमुख भट्टले शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय रहेको बताए।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले संस्कार र संस्कृति हाम्रो पहिचान भएकाले यसलाई भुल्न नहुने आवश्यकता औँल्याए । रासस




भर्खरै