२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः ग्लेन फिलिप्सले लिए कोहलीको उत्कृष्ट क्याच



अ+ अ-

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड खेलिरहेका छन् । दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा न्युजिल्याण्डले टस जितेर बलिङ गरिरहेको छ भने भारतले ब्याटिङ गरिरहेको छ ।

भारतीय टोलीले २७ ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको छ । अहिले श्रेयस अय्यर र अक्षर पटेल क्रिजमा छन् ।

आफ्नो ३०० औं ओडीआईमा विराट कोहली ११ रन बनाएर आउट भए । उनलाई म्याट हेनरीले ग्लेन फिलिप्सको हातबाट क्याच आउट गराएका थिए । कोहलीले ७ औं ओभरको चौथो बलमा अफ साइडमा शट खेले । पोइन्टमा उभिएका ग्लेन फिलिप्सले हावामा हाम फालेर उत्कृष्ट क्याच लिए । कोहली आउट भएपछि सबै भारतीय फ्यान निराश बनेका थिए ।

रोहित शर्मा (१५ रन)लाई काइल जेमिसनले एलबीडब्लू र शुभमन गिल (२ रन)लाई म्याट हेनरीले एलबीडब्ल्यू आउट गरेका थिए ।

भारत र न्युजिल्याण्ड दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । विजेता टोलीले तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा अष्ट्रेलियासँग खेल्नेछ । हार्ने टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।