२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा दादुराको प्रकोप बढ्दो



अ+ अ-

एजेन्सी । अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन ९सीडीसी०ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन् । यो प्रकोप महिनौंसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिनुभएको छ ।

टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको जनाएको छ ।

सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाईको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा। जेनिफर शुुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताउनुभयो ।

“हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूयोर्कमा साढे १० महिनासम्म चलेको थियो ,” शुफोर्डले थप्नुभयो ।

पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि संख्या बढ्दै गएको छ ।

सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन् ।

टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो ।

दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो ।