२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका रहने’



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौँ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको कतिपय क्षेत्रहरु प्रदेशलाई हस्तान्तरण भएमा सङ्घीयताको सबल कार्यान्वयनमा सहज हुने धारणा राख्नुभयो । आफ्नो स्रोत र साधनलाई अधिकतम उपयोग गरी प्रदेशको समृद्धि र जनताको जीवनस्तर उकास्न कार्य गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अब हामी आफ्नै प्रयत्नमा उत्पादन र स्वरोजगारमूलक बजेट बनाएर काम गर्ने तयारीमा छौँ ।” छलफलमा भाग लिँदै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र डा सोमलाल सुवेदीले संविधानका धेरै विषय र अनुसूचीलाई परिवर्तन गरेर संविधान कार्यान्वयन गरी व्यवहारमा उतार्न आवश्यक भएको बताए । रासस




भर्खरै