२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाईट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको मृत्यु भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

म्यासेडोनियाका पूर्वी शहर कोकानीस्थित ‘क्लब पल्स’मा भएको आगलागीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको गृहमन्त्री पान्स टोस्कोभस्कीले बताउनुभएको हो ।

डीएनके नामक एक लोकप्रिय हिप–हप जोडी हेर्नको लागि करिब एक हजार भन्दा बढी युवा प्रशंसकहरू भेला भएको र उक्त स्थानमा एक्कासी आगलागी भएपछि उनीहरूको हताहत भएको हो ।

“कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्छ,” तोस्कोभस्कीले भन्नुभयो।

उहाँले भन्नुभयो, “ज्वालालले सजिलै ज्वलनशील पदार्थले बनेको छतलाई समात्यो, त्यसपछि आगो पूरै बाक्लो धुवाँसहित हलमा फैलियो।

हेलिकप्टरले केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पु¥याएको छ ।

तीमध्ये २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको अस्पतालका चिकित्सक नेबोजा नास्टोभले अनलाइन सञ्चारमाध्यम एसडीकेलाई बताउनुभयो ।

एसडीकेका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी सुरु भएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका र आगो लाग्नुअघि खिचिएका भिडियोहरूमा ‘स्टेज फाउन्टेन’ वा ‘स्टेज जेट’ को प्रयोग देखाइएको थियो । यो कार्यक्रमको क्रममा प्रयोग हुने एक प्रकारको हलमा प्रयोग गरिने आतिशबाजी हो।

म्यासेडोनियाका सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य भिडियोमा भवनको प्रवेशद्वारमा आगोको लप्काले कालो पारेको देखिएको छ ।

’अहिलेसम्म हामीसँग भएको तथ्याङ्कअनुसार ५१ जनाले ज्यान गुमाएका छन्” घटनास्थलको अवलोकनपछि गृहमन्त्री टोस्कोभस्कीले भन्नुभयो, “करिब १०० व्यक्ति घाइते भएका छन् ।”

“घाइतेहरूलाई स्थानीय अस्पताल, राजधानी स्कोप्जे र दक्षिणमा करिब ३० किलोमिटर ९२० माइल० को दूरीमा रहेको स्टिप शहरमा लगिएको छ,” उहाँले भन्नुभयो ।