१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिदीमा किन पहिरो गयो ?, यस्तो थियो कारण !



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । 

भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताउनुभयो । त्यस ठाउँमा भूकम्पपछि लगत्तै पहिरो गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्राधिकरणको नेतृत्वमा त्यती बेला अध्ययन भएको थियो । अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर क्याटागोरीमा देखायो । त्यसपछि फेरी प्राधकिरणले अध्ययन गर्दा बस्ती नै सार्न नपर्ने तर पर्खाल लगाएर केही सुधार गर्नुपर्ने देखिएको थियो । क्याटागोरी २ मा थियो । बस्ती नै सार्नुपर्ने भन्ने अवस्था थिएन ।’

पानीको उचित निकासका लागि स्थानीय सरकारले काम नै गर्न नसकेको उहाँले बताउनुभयो । ‘लिदीमा पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गयो । पानीको निकास भएको भए पहिरो जाने थिएन । पानी फर्काएर खोल्सोमा पठाउने व्यवस्था स्थानीय सरकारले गरेको भए पहिरो जाने थिएन,’ उहाँले भन्नुभयो । नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरुको पहिरोको उच्च जोखिममा रहेको भएपनि लिदीको अवस्था त्यस्तो नभएको उहाँको भनाई छ । लिदीमा पहिरोले ३७ घर ध्वस्त पारेको छ । ठूलो जनधनको क्षती समेत गरेको छ ।

भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत १४ जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन । यस्तै ३१ जिल्लाहरु पहिरोको जोखिममा छन । प्राधिकरणले ४ हजार ८ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म ४ हजार १७६ बस्ती व्यवस्थापन भइसकेको भएपनि अझै ५ सय बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो ।

पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रकृयामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कोरोनाका कारण प्राधिकरणले निर्माण गरिरहेका नीजि आवास निर्माण तथा ऐतिहासिक सम्पदाहरुको निर्माणमा समस्या भएको बताउनुभयो । आर्थिक वर्षको अन्तिमसम्म नीजि आवास निर्माणको सबै काम सम्पन्न गरिसक्ने योजना रहेपनि कोभिडका कारण अझै १२ प्रतिशत काम बाँकी रहेको बताउनुभयो । सडक निर्माणको काम पनि एक वर्षपछि धकेलिएको उहाँले बताउनुभयो । यस्तै धरहरामा ढलानको सबै काम सम्पन्न गर्ने योजना भएपनि कोभिडले केही ढिलाइ भएको उहाँले बताउनुभयो ।