१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदल गठन पछि  पार्टी एकताको रक्षा सुनिश्चित : प्रबक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एबं प्रबक्ता नारायणकाजी श्रेष्ठले  कार्यदल गठन पछि  पार्टी एकताको रक्षा सुनिश्चित भएको बताउनु भएको छ । 

सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रबक्ता श्रेष्ठले हाम्रो पार्टीका २ अध्यक्षहरु द्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको उल्लेख गर्नुभएको छ ।  

उहाले लेख्नु भएको छ –‪मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी सँकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र  के क को निर्णय अनुसार महाधिवेशनको तयारी । पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको छ ।‬‪ कार्यदलले तात्कालिन रुपमा कोभिड९१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततस् राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक ९ आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ । ‬‪

यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी सँस्थागत निर्णय गरिनेछ। ‬‪यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु  नितान्त  गलत हो।‬तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन ।बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित  गरिनु पर्दछ ।