१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै सङ्क्रमित



अ+ अ-

काठमाडौं । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । 

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ । 

कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ । 

अधिकारीहरुका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ३६७ जना सङ्क्रमित भएका थिए ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ ।

पछिल्लो समयमा भेटिएका नयाँ सङ्क्रमितमध्ये २५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । 

सङ्क्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरुले चर्च, नर्सिङ् होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् ।

देशका अन्य मुख्य सहरहरु बुसन, डेगुलगायतमा पनि सङ्क्रमण फैलिएका विवरणहरु आइरहेका छन् । ती ठाउँहरुमा गत फेब्रअरी र मार्चमा कोरोनाभाइरसको सङ्क्रमणका केन्द्रविन्दुहरु भएका थिए । जहाँ दैनिक सयौँ नयाँ नयाँ सङ्क्रमितहरु भेटिने गरेका थिए ।  

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाई गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ ।