१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खै के खै के’



अ+ अ-

झापा । कोरोनाका कारण निराश भएर घरभित्रै बन्दी बनेका बच्चादेखि बूढासम्मलाई हसाउने र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले ‘खै के खै के’ नामक व्यङ्ग्य टेलिफिल्म निर्माण भइरहेको छ ।

झापा भद्रपुर नगरपालिका–९ निवासी कृष्ण अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गर्नुभएको हो ।

लामो समयदेखि सिनेमा, नाटक र भिडियो गीतको निर्देशनमा लाग्नुभएका अनमोल भन्नुहुन्छ, “राम्रो कथावस्तु, चर्चित कलाकारहरु र उत्कृष्ट निर्देशनका कारण ‘खै के खै के’ आम नेपाली दर्शकका सामु एउटा उत्कृष्ट उपहार बन्नेछ ।”

आजकल मानिसलाई मुख र नाक छोप्नेगरी मास्क लगाउन कोरोना महामारीले बाध्य बनाएको छ । तर गाईभैँसी र बाख्रालाई मुखारी लगाउने चलन भने हाम्रा पुर्खाले सयौँ वर्षअघिदेखि चलाएका बताउँदै उहाँ भन्नुहुन्छ, “बाख्रालाई बाली नखाओस् भनेर मुखारी लगाउने यही रोचक पटकथालाई दृश्यमा देखाउँदैछौँ ।”

निर्देशक अनमोलका अनुसार ‘खै के खै के’मा प्रसिद्ध गायक श्रीकृष्ण लुइँटेल, प्रसिद्ध अभिनेता सुभाष मेचे, विपीन प्रसाईँ, विमला चिमरिया, भुपाल परियार, मधु न्यौपानेलगायतको अभिनय रहेको छ । मेचीनगर र भद्रपुर नगरपालिकाका विभिन्न स्पटमा सुटिङकार्य भइरहेको यस टेलिफिल्मको अरु सुटिङ झापा र इलामका नै हुने उहाँको भनाइ छ । झापाको हिमशिखर टेलिभिजनबाट यसको नियमित प्रसारण हुने उहाँले जानकारी दिनुभयो । 

यसमा सङ्गीत अशोक थापा, स्वर श्रीकृष्ण लुइँटेल, शृङ्गार कृष्ण सुवेदी र क्यामेरा ज्ञानेन्द्र कोइरालाको रहेको छ । उहाँले एक वर्षभरि प्रसारण गर्न सकिने गरी टेलिफिल्म निर्माणका लागि निर्माता जेके जगत् र सरु जेकेसँग सम्झौता गरको बताउनुभयो । निर्देशक अनमोलले हाल अमेरिकामा रहेका निर्माताहरुले लगानीको सम्पूर्ण भार व्यहोर्ने बताउनुभयो ।